भारतका सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १६ : २८
भारतका सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । मंगलबार सिंहदरवारमा पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

पाण्डे आइतबार पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका थिए । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस