पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधर रहेका छन् ।
कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार चाउथेको कदममार्गबाट तुलाधरलाई पक्राउ गरिएको हो ।
उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम बरामद भएको र उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ