 
                                    जनकपुरधाम । भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन्। कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए।
कुर्मी ना २८ प २८९० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि शंका लागेर चेकजाँच गरेको र सो क्रममा बरामद भएको सातलाख रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ