जनकपुरधाम । भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन्। कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए।
कुर्मी ना २८ प २८९० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि शंका लागेर चेकजाँच गरेको र सो क्रममा बरामद भएको सातलाख रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ