पर्यटनमन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ, अभद्र व्यवहारको मुद्दा चलाइने

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १६ : ०९
पर्यटनमन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ, अभद्र व्यवहारको मुद्दा चलाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्ने एक जना सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ‘मन्त्री भएपनि लाइनमा बस्नुस्’ भन्ने ठमेलस्थित छायाँ सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ रहेका छन् । पक्राउ परेका गुरुङमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।

यो घटना गत शुक्रबारको हो । उक्त दिन बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका थिए । सोही क्रममा सुरक्षागार्डले मन्त्री श्रेष्ठलाई पनि लाइनमा बस्न भनेका थिए ।

मन्त्री श्रेष्ठका पीएसओले मन्त्री भएको जानकारी गराउँदा पनि सुरक्षागार्डले लाइनमै बस्न सुझाएका थिए । त्यसपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस