मोटरहेडको दशै तिहार लक्षित नयाँ अफर

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १४ : १८
मोटरहेडको दशै तिहार लक्षित नयाँ अफर

काठमाडौं । नेपालका लागि मोटरहेड ब्राण्डका आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आज अर्थात भदै १९ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरि दशै तिहार लक्षित “४ को चमत्कार, वाइक पनि बचत पनि” अफर सार्वजनिक गरेको हो ।कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने बताइएको छ । यसका साथै वम्परमा १ जना भाग्यशाली विजेताले १, लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार टेक्कन २५० पुरानो मोडल जुनै पनि माध्यमबाट खरिदका गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एण्ड पोष्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयरगरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था रहेको छ ।

मोटरहेडको हाल टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु उपलब्ध छन् । यी बाइकको मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँ सम्म छ ।

कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ । यस्तै उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस