काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अब शुक्रबार कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको नेप्से संचालक समितिको बैठकले असोजदेखि शुक्रबार सेयर कारोबार नगर्ने निर्णय गरेको हो ।गत जेठदेखि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आइतबार बिदा दिने भएपछि नेप्सेले दुई घण्टाका लागि कारोबार खुला गर्दै आएको थियो ।
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसंगै शुक्रबार कारोबार बन्द गर्न लगानीकर्ताले दवाव दिएका थिए ।अब सातामा ५ दिन अर्थात आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १४ : १४
लेखकबाट थप