ट्राफिक प्रहरीको रात्रिकालिन चेकिङ : मापसे गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १३ : ५९
ट्राफिक प्रहरीको रात्रिकालिन चेकिङ : मापसे गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

काठमाडौं । मदिरा सेवन गरि गएराती भाडाको ट्याक्सी चलाउदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारवाहीको लागी सम्बन्धित वृतहरूमा पठाएको छ । काठमाडौंको सुकेधाराबाट गएराती ९ बजे पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ बर्षीय विकास सुनारलाई महाराजगंज वृत पठाइएको छ ।

यस्तै, काठमाडौंको कीर्तिपुरबाट  बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ बर्षीय राजेन्द्र महर्जनलाई पनि गएराती साढे ९ बजे नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 
  
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार समेत गरेका थिए । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ ।

सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए । 


 

प्रतिक्रिया दिनुहोस