काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघ र प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन गरेको छ ।
उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ । सबै पालिकाहरूले यही भदौ १८ गते बैठक बसेर उम्मेदवार छनोट गरि निर्वाचन क्षेत्रमा बुझाउने र क्षेत्रमा १९ गते बैठक बसि जिल्ला समन्वय समितिलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरिएको छ । २० गते जिल्ला समन्वयको बैठक बसि तलबाट सिफारिस भइ आएका नामहरूबारे बैठकबाट निर्णय गरि सुझाव सहित साँझसम्म प्रदेश कार्यालयलाई बुझाइसक्नुपर्ने सर्कुलरमा उल्लेख छ ।
बैठकले उम्मेदवार छनोटको कार्यविधि पनि निर्धारण गरेर पठाएको छ। जसमा क्रियाशील, पुराना र जनप्रियलाई पहिलो प्राथमिकतामा राखिएको छ। अहिलेसम्म एकपटक पनि सिफारिस नभएकालाई पहिलो प्राथमिकतामा राख्न भनिएको छ। एकपटक चुनाव जितेकोलाई दोस्रो र दुईपटक जितेकोलाई तेस्रो प्राथमिकतामा राख्न निर्देशन गरेको छ। सिफारिस गर्दा नामहरू वर्णानुक्रममा राखिनुपर्छ भनिएको छ। समानुपातिक तर्फ भने यसअघि समानुपातिकबाट सांसद बनेकालाई सिफारिस नगर्न भनिएको छ। पालिका समितिको वैठक मिति २०७९ भाद्र १८ गते बस्ने छ भने प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठक भाद्र १९ गते बस्नेछ ।जिल्ला समन्वय समितिको बैठक भाद्र २० गते बस्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने