चेल्सी र टोटनहमको सहज जित

एजेन्सी

आइतबार, १९ भदौ २०७९, १० : १०
चेल्सी र टोटनहमको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत  शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले जित निकालेका छन् ।  फुलहमलाई २–१ ले पराजित गर्दै टोटनहमले लिगमा अपराजित यात्रालाई कायम राखेको हो ।

खेलको ४०औं मिनेटमा पिएरी हजवेर्जले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । खेलको ७५औं मिनेटमा  ह्यारी केनले टोटनहमको अग्रतालाई दोब्बर पारे । खेलको ८३औं मिनेटमा फुलहमका एलेक्सेन्डर मिट्रोभिचले एक गोल फर्काएका थिए ।

जितसँगै ६ खेलबाट १४ अंक जोडेको टोटनहम तालिकाको तेस्रो  स्थानमा  छ । यस्तै, समान खेलबाट आठ अंक जोडेको फुलहम तालिकाको १०औं स्थानमा छ ।यस्तै, चेल्सीले वेस्ट हम युनाइटेडलाई २(१ ले पराजित गर्‍यो।  खेलको ६३औं मिनेटमा माइकल एन्टोनीले गोल गर्दै स्टाम्फोर्ड ब्रिजमा पाहुना टिमले अग्रता लिएको थियो । तर, ७६औं मिनेटमा थिएगो सिल्भाको पासमा बेन चिलवेलले गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काए ।

यस्तै, खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा काइ हाभार्ट्जले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । जितसँगै ६ खेलबाट १० अंक जोडेको चेल्सी तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट चार अंक जोडेको वेस्ट हम तालिकाको १७औं स्थानमा छ ।

यस्तै,  प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १(१ को बराबरीमा रोकिएको छ । अन्य खेलहरुमा ब्रेन्टफोर्डले लिड्स युनाइटेडलाई ५–२ ले, बर्नमाउथले नटिङ्घम फरेस्टलाई ३–२ ले र वुल्भ्सले साउथह्याम्पटनलाई १–० ले पराजित गर्दा न्युक्यासल युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस