काठमाडौं । अर्काे सातादेखि सुरु हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन बंगलादेशी टोली नेपाल आइपुगेकाे छ ।बंगलादेशी टोली शनिबार नेपाल आइपुगेका हाे । बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
महिला साफ च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २१ भदौदेखि ३ असोजसम्म हुनेछ ।प्रतियाेगिताकाे समूह 'ए' मा बंगलादेशसँगै साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स छन् । बंगलादेशले २२ भदाैमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १६ : १६
लेखकबाट थप