काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरी नागरिक स्वतन्त्रता कायम गर्न मार्क्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन् ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा उनले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक भाषिकलगायतका विभेद विद्यमान रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताए । उनले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका पक्षमा मार्क्सवादी विचार केन्द्रित रहेको उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १६ : ०६
लेखकबाट थप