विद्युतीय चार्जिङ स्टेसन पत्ता लगाउने एप सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १५ : ३९
विद्युतीय चार्जिङ स्टेसन पत्ता लगाउने एप सार्वजनिक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसनलाई लक्षित गर्दै ‘एनईए चार्ज’ एप सार्वजनिक गरेको छ । विभिन्न विद्युतीय चार्जिङ स्टेसनलाई चार्जिङको गतिविधिलाई सहज बनाउन उद्देश्यसहित प्राधिकरणले यो एप सञ्चालनमा ल्याएको हो ।

मानिसरहित चार्जिङ स्टेसनमा चार्जिङलाई सहज बनाउनका लागि यो एप ल्याइएको प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले बताए ।यो एपमा भुक्तानी सुविधादेखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेसन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ ।

योमार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेसन कता छ भनेर म्यापसहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेसनमा पुग्न पनि सक्नेछन् ।एपमा क्यूआर कोड स्क्यामार्फत भुक्तानी गरी चार्ज गर्न सकिनेछ भने एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिनेछ ।

साथै सवारी कति प्रतिशत चार्ज भयो भनेर पनि हेर्न सकिन्छ । चार्जिङ स्टेसनहरूमा इन्टरनेटको उपलब्धता अथवा यसको विकल्पको विषयमा पनि प्राधिकरणले काम गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस