भारत बेलायतभन्दा अगाडि

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १२ : ३१
भारत बेलायतभन्दा अगाडि

काठमाडौं । भारतको अर्थतन्त्रले बेलायतको अर्थतन्त्रलाई पछाडि पादै विश्वमा पाँचौ ठूलो अर्थतन्त्र भएको देशमा भारत सूचीकृत भएको छ । बेलायतको अर्थतन्त्रमा आएको मन्दीका कारण बेलायत अब छैटौं नम्बरमा पुगेको छ ।

ब्लूमबर्गको रिपोर्टअनुसार २०२१ को अन्त्यदेखि भारतले यो फड्को मारेको हो । यो वर्षको पहिलो तीन महिनामा पनि भारतले अर्थतन्त्रमा बेलायतको भन्दा राम्रो गरेको ब्लूमबर्गको रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतीय अर्थतन्त्रको आकार नोमिनल क्यास टम्र्समा ८५४.७ अर्ब डलर तथा बेलायतको ८१६ अर्ब डलर रहेको छ । भारतीय अर्थतन्त्र यो वर्ष सात प्रतिशत बढ्ने अनुमान लगाइएको छ ।कोरोनाभाइरस महामारीका कारण संकुचित भारतीय अर्थतन्त्र अब विस्तारै सुधारतर्फ लागेको पनि बताइएको छ ।अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका रहेको पनि ब्लूमबर्गको रिपोर्टमा उल्लेख गरिएको छ । त्यसपछि चीन, जापान र जर्मनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस