विमानस्थलको भिआइपी कक्षबाट भागेका रिजवान मेरियट होटलबाट पक्राउ परे

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १२ : ०९
विमानस्थलको भिआइपी कक्षबाट भागेका रिजवान मेरियट होटलबाट पक्राउ परे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट फरार भएका अभियुक्त मेरियट होटलबाट पक्राउ परेका छन् । ठगी आरोपमा प्रहरीको फरार सूचीमा रहेका सुनसरीका रिजवान आलम शुक्रबार बिहान नेपाल आएका थिए ।

उनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विमानस्थल भीआईपी कक्षको प्रयोग र आफ्नै गाडी दिएर भगाएका थिए ।बिहान बिमानस्थलबाट प्रहरीले पक्राउ गर्ने तयारी गर्दा गर्दै भागेका आलमलाई शुक्रबार राति नै मेरियट होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।दुबईबाट आएका आलम पासपोर्ट समेत विमानस्थलमै छाडेर फरार भएका थिए ।

उनीविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सोही कसुरमा पक्राउ पुर्जी पनि जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस