काठमाडौं । राप्रपा नेपालले आसन्न निर्वाचनका लागि पार्टीको आर्थिक पक्ष बलियो बनाउन सहयोगीहरूबाट आर्थिक संकलन गर्ने भएको छ।
अध्यक्ष कमल थापाको उपस्थितिमा शुक्रबार काठमाडौंमा बसेको राप्रपा नेपालको स्रोत परिचालन समितिको बैठकले देशभरका ५ हजार सहयोगीबाट १०-१० हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो। अर्थ संकलनका निमित्त १००००×५००० अभियान कार्यान्वयन गर्ने निर्णय गरिएको स्रोत परिचालन समितीका प्रमुख एवं पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए।
यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीबाट सहयोग लिने तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतालाई आह्वान गर्ने निर्णय बैठकले गरेको छ। सहयोग संकलनका लागि राप्रपा नेपालले ई–सेवा, फोनपे र बैंक ट्रान्सफरजस्ता माध्यमबाट पार्टीको राष्ट्रिय वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ।
बैठकमा पार्टीका पदाधिकारीसहित समितिका सदस्यहरूको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरुको बृहत मोर्चा निर्माण गर्ने राप्रपा नेपालको प्रस्ताव
राप्रपा नेपालले बोलायो कार्य सम्पादन समितिको बैठक
कांग्रेस परित्याग गरेका कार्की बने राप्रपा नेपालको केन्द्रीय महामन्त्री
राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने
इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण
धर्म परिवर्तनको महारोगले सद्भाव खलबलियो : कमल थापा