काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । ‘काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्यौं,’ क्षेत्रीय सभापति श्यामकृष्ण संगतले भने, ‘सर्वसहमतिले उहाँको नाम जिल्ला कार्यसमितिमा पठाएका छौं ।’
यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति