पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १६ : ३१
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो । 

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले मूल्य बढाएको छ । भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा अखिल क्रान्तिकारीसहितले टेकुस्थित आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन् । 

भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूचीअनुसार नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस