सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् ।
शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए ।
अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए । स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ । उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’