म्यानचेस्टर युनाइटेडले निकाल्यो कठिन जित

एजेन्सी

शुक्रबार, १७ भदौ २०७९, ०८ : ४८
म्यानचेस्टर युनाइटेडले निकाल्यो कठिन जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा गए राति म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ। युनाइटेडले लेस्टर सिटीलाई १-० ले पराजित गरेको हो।

लेस्टरको घरेलु मैदानमा भएको खेलमा जडोन सान्चोले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त भयो। सान्चोले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए। उनले मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका हुन्।

खेलमा जित निकालेसँगै युनाइटेड ९ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ। पराजित लेस्टर भने एक अंकका साथ तालिकाको अन्तिममा छ।

प्रतिक्रिया दिनुहोस