एसिया कप टी-२० : बंगलादेशलाई पराजित गर्दै श्रीलंका सेमिफाइनलमा

एजेन्सी

शुक्रबार, १७ भदौ २०७९, ०७ : ५५
एसिया कप टी-२० : बंगलादेशलाई पराजित गर्दै श्रीलंका सेमिफाइनलमा

एजेन्सी । एसिया कप टी-२० क्रिकेटमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको समूह ‘बी’ को निर्णायक खेलमा बंगलादेशमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले सेमिफाइनलमा स्थान पक्का बनाएको हो।

हाइस्कोरिङ खेलमा श्रीलंकाले बंगलादेशी बलरसामु सानदार ब्याटिङ गर्दै जित पक्का गरेको हो। हाइस्कोरिङ खेलमा बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले ४ बल बाँकी हुँदा पुरा गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

जितसँगै समूह ‘बी’बाट सेमिफाइनल पुग्ने दुबै टीमको तय भइसकेको छ। अफगानिस्तान र श्रीलंकाले अन्तिम चारमा स्थान बनाउँदा समूह ए बाट भारत सेमिफाइनल पुगिसकेको छ। अब सेमिफाइनल पुग्ने अन्तिम टीमको टुंगो पाकिस्तान र हङकङबीचको खेलले तय गर्ने छ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसलेले सर्वाधिक सानदार इनिङ खेले। उनले ३७ बलमा ६० रन बनाउँदा कप्तान दसुन सनाकाले ३३ बलमा ४५ रन बनाएका थिए।त्यस्तै, पथुम निसानकाले २० रन बनाउँदा चमिका करुनारत्नेले १६ रन बनाएका थिए। बंगलादेशका लागि एवादत होसेनले ३ विकेट लिँदा तस्किन अहमेदले २ विकेट लिएका थिए। त्यस्तै, मुस्ताफिजुर रहमान र मेहदी हसनले समान १-१ विकेट लिए।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रनको उच्च स्कोर तयार गरेको थियो।बंगलादेशका लागि ओपनर मेहिदि हसन मिराजले ३८ रन बनाउँदा कप्तान सकिब अल हसनले २४ रन जोडे। उसका लागि मध्यक्रमले समालिएर ब्याटिङ गरेका थिए।

त्यस्तै, अफिफ होसेनले २२ बलमा ३९ रन बनाउँदा ममुदुल्लाहले २७ रनको स्कोर बनाएका थिए। मसादिक होसेइनले ९ बलमा २४ रनको नटआउट इनिङ खेल्दा उनलाई तस्किन अहमेदले ११ रनमा साथ दिएका थिए। श्रीलंकाका लागि वानिन्दु हसरंगा र चमिका करुनारत्ननेले समान २-२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस