राष्ट्रपति भण्डारीद्वारा महिला चिकित्सकहरु सम्मानित

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, २१ : ३६
राष्ट्रपति भण्डारीद्वारा महिला चिकित्सकहरु सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् ।

नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् । संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो ।

वुमन इन मेडिसिन अवार्ड पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह रहेका छन् ।

त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरु विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस