बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, २१ : ०४
बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु

धनगढी । बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ । थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीय छोरी किस्मा सुनारको मृत्यु अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो । 

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनाएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस