महानगरले बन्द गर्‍यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १५ : ३४
महानगरले बन्द गर्‍यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले बिहिबार दिउँसो बन्द गराएको हो । 

अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि मेयर बालेन्द्र शाहको निर्देशनअनुसार डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

अवैध संरचना हटाउने अभियानमा रहेको महानगरले मापदण्ड विपरीतका होर्डिङबोर्ड पनि हटाउन थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस