५ वर्षमा ४१ हजार ३५६ वटा टुक्रा पारियो माडीलाई

प्रकाश सिग्देल

विहीबार, १६ भदौ २०७९, १५ : २४
५ वर्षमा ४१ हजार ३५६ वटा टुक्रा पारियो माडीलाई

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल र भगवान रामको जन्मभुमी भनेर राष्ट्रिय र अन्तराष्ट्रियस्तरमै चर्चामा रहेको माडी पछिल्लो ५ वर्ष यता भु-खण्डीकरणको चपेटामा निकै परेको छ ।  माडीमा सस्तोमा खोला किनार किन्ने र ग्राबेल थुपारेर पलटिंङ गरी रातारात धनी बन्ने अपेक्षा सहित राष्ट्रियस्तरका कलाकारको टोली र अरु ठुला जग्गा व्यवसायीहरुले माडिमा सयौ बिगाहा जमिन खण्डिकरण गरेर खेती योग्य भुमीको विनाश गरेका छन्  । गएको ५ वर्षको अन्तरालमा माडीमा ४१ हजार ३५६ वटा कित्ता काट भएको देखिन्छ ।

माडीमा मालपोत र नापी कार्यालय स्थापना भएको वर्ष २०७३ माघ देखी २०७९ जेठ सम्म यो संख्यामा कित्ताकाट भएको मालपोत कार्यालय माडीको  रेर्कडमा छ । माडीमा जमिन खरिद गर्ने र व्यवसायीक रुपमा लाभ लिने अपेक्षा सहित देशै भरिका ठुला व्यवसायीहरुको माडीको भुमिमा नजर गएको देखिन्छ । आवासका लागी कति सुरक्षित भन्ने मुल्याकंन नगरी खोलकाकिनार सस्तोमा खरिद गरि पलटिंग गरि महंगोमा बिक्री गर्ने र ब्यवसायीक लाभ कमाउने धुनमा ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलसले माडी नगरपालिका संगको मिलेमतोमा जग्गा खण्डिकरण गरेको देखिन्छ ।  

दक्षिण बाट उत्तर बग्ने खहरे खोलाका कारण माडीको भुमि जोखिममा छ । पूर्र्व,पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो सुन्दर हरियाली उपत्यका हो । सुन्दर र समथर खेतियोग्य भुमी रहेको यो क्षेत्र अन्नको भण्डार हो । यो क्षेत्रमा भु खण्डिकरण भन्दा पनि चक्लाबन्दि गरी कृषिको विकासमा प्रयोग गर्दै कृषि र पर्यटन मार्फत यो क्षेत्रको विकास गर्न आवस्यक रहेको यहाँका अगुवाहरु बताउँछन् ।  भारत संग सिमा जोडिएको यो ठाउँ भारतले लगाएको नाकाबन्दिका बेला नेपालमा पेटोलियम पदार्थ आपुर्ती गर्ने प्रमुख नाकाका रुपमा रहेको थियो ।

माडिको विकास जति र जुन रुपमा हुनु पर्ने हो त्यो भने हुन नसकेको स्थानियहरु बताउँछन् । माडीमा सामान्य शिक्षा र स्वास्थ्यको प्रवन्ध भएको छ । बिद्युतको अझै समस्या छ । सामान्य बाटो घाटो पिच र केही खोलामा बनेका पुललाइनै विकास मान्न नसकिने उद्योग बाणिज्य संघ माडी उपाध्यक्ष शिब माया भट्राइ बताउँछिन् । नेताहरुको पटक पटकको आस्वासनले निरास बनेका माडीका बासिन्दा माडीलाई मणी बनाउने भाषण यो पटक सुन्न तयार देखिदैन्न । माडीवासी सामान्य तर काम गर्ने र जनताका बिचमा रमाउने नेत्रित्वको खोजिमा रहेको स्थानिय सोहन महतोले बताए । चितवन राष्ट्रिय निकुञ्जको बिचमा रहेको चितवनको माडी निकुञ्जकै कारण विकासमा तिब्ररुपमा फड्को मार्न नसकिरहेको स्थानियको ठहर छ । 

प्रतिक्रिया दिनुहोस