एजेन्सी । साउदी अरेबियाले सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । विज्ञहरूका अनुसार साउदी अरबमा यस्तो खालको यो दोस्रो घटना हो ।
साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अलकाहतानीलाई सामाजिक सञ्जाल पोस्टहरू मार्फत सामाजिक ढाँचामा खलल पार्ने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ ।रिपोर्टका अनुसार ती महिलाले साउदी अरेबियाका नेताहरूको आलोचना गरेकी थिइन् । तर, यसबाहेक उनको सोसल मिडिया पोष्टसँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सेयर गरिएको छैन ।
यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी विद्यार्थी थिइन् । उनको नाम सलमा अलशेहाब रहेको बताइएको छ ।उनी यसै वर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन् । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघनलगायत अन्य कैयौं आरोपमा पनि दोषी ठहर गरिएको थियो ।
यस विषयमा जानकार एक विज्ञले बीबीसी न्युज आवर कार्यक्रममा काहतानीमाथि लागेको आरोपको दायरा निकै ठूलो रहेको बताए । उनलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुनअन्तर्गत कारवाही गरिएको हो । यी यस्ता कानुन हुन्, जसअन्तर्गत सरकारको आलोचनासँग सम्बन्धित पोष्टहरू टाढा९टाढासम्म पनि अपराध मान्न सकिन्छ ।
गत वर्षदेखि हालसम्म केही अन्य महिला कार्यकर्ताले पनि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा हिरासतमा लिइसकेको छ । अब उनीहरुलाई पनि कडा सजाय सुनाउन सकिने आशंका जताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ भदौ २०७९, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले खुलायो सामाजिक सञ्जाल
यी हुन् नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल (सूचीसहित)
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्नेबारे सञ्चार मन्त्रालयमा बैठक
बिहीबारदेखि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी
सात दिनभित्र सामाजिक सञ्जाल सूचीकरण गर्न सरकारले निकाल्यो सूचना