काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताएका छन् । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन् ।
‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूचि हराउँदै गएको छ,’ पौडेलले भने, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’
पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिड्ने चलन शुरु भएको बताए । ‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्नेतिर पछिल्लो पुस्तामा हराउँदै गयो,’ उनले भने,’ ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’
उनले आधुनिकिकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताए ।
यस वर्ष ‘पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औं पुस्तकालय दिवस मनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
सरकारमा जान तँछाडमछाड गरेका छैनौँ: देवेन्द्र पौडेल
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल