सीबीआईद्धारा दिल्लीका उपमुख्यमन्त्रीको लकरमा खानतलासी

एजेन्सी

मंगलबार, १४ भदौ २०७९, १२ : ४३
सीबीआईद्धारा दिल्लीका उपमुख्यमन्त्रीको लकरमा खानतलासी

एजेन्सी । भारतको केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया विरुद्धको छानबिनलाई तीब्र पारेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सिसोदियामाथि सीबीआईले रक्सी नीतिमा देखिएको गडबडीबारे छानबिन गरिरहेको छ ।

यसअघि सिसोदियाको घरमा खानतलासी गरेको थियो । मंगलवार गाजियावादको वसुन्धरा सेक्टर ४ स्थित पञ्जाब नेसनल बैंकमा रहेको सिसोदियाको लकरमा सीबीआईले जाँच गर्दैछ ।

लकरको जाँचका लागि सीबीआई टोली बैंक पुगेको छ भने उपमुख्यमन्त्री सिसोदियासँगै उनकी पत्नी समेत बैंकमै छिन् । दिल्लीका उपराज्यपाल विनय सक्सेनाको सिफारिसमा सीबीआईले उनीमाथि छानबिन अगाडि बढाएको हो । मुख्यसचिवको छानबिन प्रतिवेदनका आधारमा छानबिनको सिफारिस गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस