सल्यान । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। यसैगरी, पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर(१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन्।
लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर(१० नयाँ बस्तीमा सोमबार साँझतिर दुर्घटनामा परेको थियो।दुर्घटनापश्चात् गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
यसैगरी, दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएका छन्। अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम भने खुल्न सकेको छैन।घाइतेहरूको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते