अभिनेता पल शाहको मुद्दाको पेशी आज

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, ११ : ०५
अभिनेता पल शाहको मुद्दाको पेशी आज

काठमाडौं । अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

उनका अनुसार मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुना मुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसला आउन सक्नेछ । गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन । 

प्रतिक्रिया दिनुहोस