टी-२० वरीयतामा नेपाल एक स्थान खस्कियो

सफल खबर संवाददाता

सोमबार, १३ भदौ २०७९, १२ : १६
टी-२० वरीयतामा नेपाल एक स्थान खस्कियो

काठमाडौं । आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल टी-२० मा एक स्थान खस्किएको छ। नयाँ वरीयतामा नेपाल नामिबियाभन्दा पछि परेको हो। सार्वजनिक वरीयतामा नेपाल १५ औँ स्थानमा रहँदा अघिल्लो पटक नेपाल १४ औँ स्थानमा रहेको थियो।

नेपालको अहिले ५१०६ अंक रहँदा नेपालभन्दा पछि रहेको स्कटल्यान्डको ३८२० अंक रहेको छ। नेपालभन्दा अघि रहेको नामिबियाको भने ५३२१ अंक रहेको छ।वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपमा सोझै छनोटको अवशर झनै कठिन बनेको छ।

सन् २०२४ को टी-२० विश्वकपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्।एकदिवसीय वरीयतामा नेपाल १९ औँ स्थानमा रहेको छ। टी-२० वरीयतामा भारत शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहका छन्।

त्यस्तै, दक्षिण अफ्रिका चौथो, न्युजिल्याण्ड पाँचौँ, अष्ट्रेलिया छैटौँ, वेस्ट इन्डिज सातौँ, श्रीलंका आठौँ, बंगलादेश नवौँ र अफगानिस्तान दशौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस