काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले नेकपा एमालेले प्रचण्ड र माधव नेपालसँग मिलेर चुनावमा जाने सम्भावना खारेज भइसकेको बताएका छन् ।
सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले कांग्रेससँग बार्गेनिङ गर्न प्रचण्ड र माधव नेपालले एमालेसँग मिल्ने धम्की दिइरहेकोमा त्यो सर्वथा गलत भएको बताए ।
उनले लेखेका छन्, ‘नेकपा एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधव नेपालका समूहसँग आम निर्वाचनमा मिलेर जाने सम्भावनालाई खारेज गरेको छ । यी २ गुटले कांग्रेससँग सिटको बार्गेनिङ गर्न एमालेसँग मिल्ने धम्की दिइरहेको कर्कश स्वर सुनिन्छ, जो सर्वथा मिथ्या र जालझेल मात्रै हो । तरबार लिएर काट्न हिँडेकाहरूसँग एमालेजनहरूद्वारा मित लगाउन सकिँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा