एजेन्सी । एसियाकप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले फेरि एकपटक पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। एसियाकपमा भारतले पाकिस्तानलाई नवौँ पटक पराजित गरेको हो। टी-२० मा भने भारतले पाकिस्तानलाई ८ औँ पटक पराजित गर्न सफल भयो।
टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले भारतलाई १ सय ४८ रनको सामान्य लक्ष्य दिएको थियो। उक्त लक्ष्य भारतले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्यो।भारतको जितमा हार्दिक पाण्ड्याको नटआउट ३३ रन रह्यो। त्यस्तै, रविन्द्र जडेजाले ३५ रन बनाउँदा विराट कोहलीले पनि ३५ रन बनाएका थए। त्यस्तै, सुर्यकुमार यादवले १८ रन बनाएका थिए।
भारतका ओपनर तथा कप्तान रोहित शर्माले १२ रन बनाएका थिए। पाकिस्तानका लागि मोहम्मद नवाजले ३ विकेट लिँदा नसिम साले २ विकेट हात पारेका थिए।त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो।
भारतीय बलरसामु खुलेर खेल्न नसकेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानको ४३ रन सर्वाधिक रह्यो। यसैगरी, इफ्तिकर अहमेदले २८ रन बनाउँदा कप्तान बाबर अजाम, फखर जमाम र सादव खानले १०-१० रन बनाएका थिए।
यस्तै, हरिस रउफले १३ रन बनाउँदा सनवाज दहानीले ६ बलमा १६ रन बनाएका थिए। भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिंदा हार्दिक पाण्ड्याले ३ विकेट हात पारे। त्यस्तै अर्सदीप सिंह र आभेस खानले समान १-१ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा