किभ । युक्रेनको जापोरिज्जिया आणविक केन्द्रको पूर्वाधारमा क्षति पुगेको छ । आवधिक गोलाबारीका कारण स्टेसन वरपरको पूर्वाधारमा क्षति पुगेको युक्रेनले जनाएको हो । ‘त्यहाँ हाइड्रोजन चुहिने र रेडियोधर्मी पदार्थ थुप्रिने जोखिमहरू छन्’ युक्रेनको सरकारी ऊर्जा अपरेटरले भने ।
आणविक प्लान्ट वरिपरि भएका गोलीबारीको लागि रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुवरीमा युक्रेनविरुद्ध आफ्नो ‘विशेष सैन्य कारबाही’ घोषणा गरेपछि रुसी सेनाले मार्चको सुरुमा उक्त प्लान्ट कब्जा गरेको थियो ।
युक्रेनको राज्य अपरेटरले आणविक उर्जा प्लान्ट ‘विकिरण र अग्नि सुरक्षा मापदण्डको उल्लंघनको जोखिममा’ सञ्चालन भइरहेको बताए । तर, युक्रेनले पछिल्लो २४ घण्टामा कम्तिमा तीन पटक उक्त क्षेत्रमा गोलाबारी गरेको र १७ गोला प्रहार गरेको मस्कोले दाबी गरेको छ । यस हप्ताको सुरुमा आणविक उर्जा प्लान्टको ग्रिड काटिएको थियो ।तर, पग्लने डरका कारण भोलिपल्ट पुर्नस्थापित गरियो ।
युक्रेनका राष्ट्रपतिले युरोप ‘विकिरण प्रकोपबाट एक कदम टाढा’ रहेको चेतावनी दिए । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ भदौ २०७९, १० : ५५
लेखकबाट थप