काठमाडौं । रुसले युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।
आणविक निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनबाट तयार संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न रुसले अस्वीकार गरेको हो । प्रत्येक ५ वर्षमा आणविक अप्रसार सन्धिमाथि हुने समिक्षा गर्न आयोजित कार्यक्रममा रुसले युक्रेनको आणविक प्लान्टका विषयमा आपत्ति जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आणविक हतियारको विस्तारलाई नियन्त्रण गर्ने उदेश्यले आयोजित सम्मेलनमा १ सय ९१ जनाले हस्ताक्षर गरेका थिए । रुसले युक्रेनको आणविक प्लान्ट, विशेष गरी जापोरिज्जिया वरपरको सैन्य गतिविधिमा ‘गम्भीर चिन्ता’ लाई उद्धृत गर्दै मस्यौदामा आपत्ति जनाएको हो ।
सन् २०२० मा हुने भनिएको बैठक कोभिड–१९ महामारीका कारण ढिला भएको थियो । न्यूयोर्कमा चार हप्ता लामो सम्मेलन पछि संयुक्त घोषणामा सहमती जुटन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ भदौ २०७९, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण