प्रधानन्यायाधीश राणाविरुद्ध प्रमाण उपलब्ध गराउन आग्रह गर्दै सार्वजनिक सूचना

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १० : ५७
प्रधानन्यायाधीश राणाविरुद्ध प्रमाण उपलब्ध गराउन आग्रह गर्दै सार्वजनिक सूचना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा लगाइएको महाअभियोगका सन्दर्भमा प्रमाण उपलब्ध गराउन महाअभियोग सिफारिस समितिले सूचना प्रकाशित गरेको छ ।

प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको भदौ ८ गतेको बैठकले महाअभियोगमा लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन गोरखापत्रमा सूचना प्रकाशित गरेको छ ।

यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले सूचना प्रकाशन भएको ३ दिनभित्र समितिमा पठाइदिन भन्दै समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस