काठमाडौं । भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई आज (बिहीबार) नेपाल आउँदै छन् । प्रधानन्यायासिध भएपछि उनी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी आज दिउँसो काठमाडौं आईपुग्ने भारतीय दूतावासले जनाएको छ ।
भदौं १९ देखि २२ सम्म उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा हुने ‘नेपाल-इण्डिया जुडिसियल डाइलग’मा सहभागी हुन र आफना केही पर्यटकीय र धार्मिक भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् ।
गवईको लुम्बिनी, पाटन र पशुपति भ्रमण गर्ने कार्यतालिका बनेको दूतावासले जनाएको छ । गवईले मे १४, २०२५ मा भारतको ५२औँ प्रधानन्यायाधीश बनेका थिए ।
यसअघि नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका तत्कालीन प्रधानन्यायाधीश डिवाई चन्द्रचूड पनि नेपालको तीनदिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशको टर्की भ्रमण स्थगित
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रधानन्यायाधीश राउत क्वालालम्पुर प्रस्थान
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: विश्वम्भरप्रसाद श्रेष्ठ