काठमाडौं । भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई आज (बिहीबार) नेपाल आउँदै छन् । प्रधानन्यायासिध भएपछि उनी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी आज दिउँसो काठमाडौं आईपुग्ने भारतीय दूतावासले जनाएको छ ।
भदौं १९ देखि २२ सम्म उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा हुने ‘नेपाल-इण्डिया जुडिसियल डाइलग’मा सहभागी हुन र आफना केही पर्यटकीय र धार्मिक भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् ।
गवईको लुम्बिनी, पाटन र पशुपति भ्रमण गर्ने कार्यतालिका बनेको दूतावासले जनाएको छ । गवईले मे १४, २०२५ मा भारतको ५२औँ प्रधानन्यायाधीश बनेका थिए ।
यसअघि नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका तत्कालीन प्रधानन्यायाधीश डिवाई चन्द्रचूड पनि नेपालको तीनदिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै