निर्माता संघमा अभिनेता विपिन कार्कीविरुद्ध उजुरी

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १६ : १४
निर्माता संघमा अभिनेता विपिन कार्कीविरुद्ध उजुरी

काठमाडौं । भर्सटाइल अभिनेता विपिन कार्कीविरुद्ध उजुरी परेको छ । फिल्म ‘प्रसाद–२’ का निर्माता सुवास थापाले अभिनेता कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् ।

निर्माता थापाले अभिनेता विपिनबाट क्षतिपूर्ती भराइदिन माग गर्दै निर्माता संघमा उजुरी दिएका हुन् । ‘प्रसाद–२’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिँडेका कारण फिल्म अलपत्र पारेको भन्दै उनले क्षतिपूर्ति माग गरेका हुन् ।

निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस