काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगे । महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडि बनेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ ।
सो क्रममा मेयर शाह अल्फा बिटाका सञ्चालकसँग झोंक्किएका छन्। शाहले सुरुमा अल्फा बिटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए । तर, शर्मा आफूसँग नक्सा नभएको भन्दै पन्छिन खोजेपछि शाह झोंक्किएका हुन् ।
त्यसक्रममा मेयर शाह र शर्माबीच केहिबेर भनाभनसमेत भएको थियो । मेयर बालेनले झोंक्किएर प्रश्न गरे, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ? यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’
शर्माले आफूहरुलाई मेयरले थर्काउन खोजेको आरोप लगाए । उनले महानगरले मिडिया स्टन्ट गरेकोसमेत बताए । जवाफमा बालेनले आफूहरुले मिडिया स्टन्ट पनि नगरेको र पूर्वसूचना दिएर काम गरिरहेको बताए । त्यसपछि पार्किङका लागि बनाइएको संरचना खाली गर्नू भन्दै मेयर त्यहाँबाट बाहिरिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन