विहारका सभामुखद्धारा राजीनामा

एजेन्सी

बुधबार, ०८ भदौ २०७९, १४ : २७
विहारका सभामुखद्धारा राजीनामा

एजेन्सी । भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएका छन ।भारतीय जनता पार्टीका नेता समेत रहनु भएका सिहंले प्रदेश सभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएका हुन ।

उनले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिएका छन ।सत्तारुढ गठवन्धनले उनको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उनले राजीनामा दिएको पनि बताइएको छ ।

उनले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गरे । संसदमा पठाइएका नौ मध्ये आठ पत्र अवैध रहेको उनको भनाई छ ।अवैध कामका कारण जनतामा नकारात्मक सन्देश गएको र थप नराम्रो देखिन सक्ने भएकाले आफूले राजीनामा दिएको उनले बताए  ।

भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन वाहिर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस