यी हुन् वाईसीएलका पदाधिकारी

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ०७ : ३७
यी हुन् वाईसीएलका पदाधिकारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन वाइसिएल नेपालले ६१ जना पदाधिकारी बनायो । दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित ती पदाधिकारीसहितका कार्यसमिति सदस्यले मंगलबार  पद तथा गोपनीयताको शपथ लिए। 

यही भदौ ३ गते शुक्रबारदेखि सुरु भएको वाइसिएलको दोस्रो भेला यही भदौ ५ गते आइतबार अबेर सम्पन्न भएको थियो । भेलाले वाइसिएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको इञ्चार्ज सापकोटाले जानकारी दिए । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पा, केहरसिंह कुँवर, ज्ञानेन्द्रबहादुर ढुङ्गाना, उमेश घोरासैनी छन् ।

यस्तै, महासचिवमा गणेश शाही, उपमहासचिवहरुमा पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही र रेशम महरा छन् । त्यस्तै, सचिवमा हरि ढकाल, नवीन खड्कासहित ४५ जना रहेका छन् भने कोषाध्यक्षमा सन्तोष पनेरु निर्वाचित भएका छन् । वाईसीएलमा ४ पदाधिकारी भने नियुक्त हुन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस