सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १६ : ३७
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धन दललाई गठबन्धन दलका वीचमा सिट बाँडफाँट सकस परिरहेका बेला आज पनि गठबन्धन दलका शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

मंसिर ४ को प्रतिनिधीसभा र प्रदेश सभाको सिट बाँडफाँटमा केन्द्रीत रहेर गठबन्धन दलको बैठक बालुवाटारमा बसिरहेको हो । बैठकमा नेपाल काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।

सोमबार पनि गठबन्धन दलका नेताहरुको बैठक बसेको थियो । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल संयोजक कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी छन् ।

गठबन्धन दलभित्र पहलिे कुन दललाई कति सिट भनेर बााडफाँट गर्ने र त्यसका आधारमा फेरि अर्काे चरणमा निर्वाचन क्षेत्र बाँडफाँट गर्ने समझदारी गठबन्धन दलका वीचमा भएको बताईएको छ । त्यही आधारमा सिट संख्या मै कुन दललाई कति भन्ने मिलाउन दलका नेताहरुलाई सकस परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस