काठमाडौ । नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्ने भएको छ ।
आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल गर्नेछ ।
‘स्थायी कमिटिले केन्द्रीय कमिटी बैठकमा छलफल र पास गर्ने प्रस्ताव तय गर्छ । त्यसमा उम्मेदवारको मापदण्डबारे छलफल गर्छ’, एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले भने, ‘त्यसबाहेक सांगठानिक विषयमा समेत छलफल हुन्छ ।’
एमालेले निर्वाचन केन्द्रीत बैठक डाकेको छ । जसमा भदौ ९ गते पोलिट्ब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल