काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनमा दुःख व्यक्त गरेका छन् ।
ओलीले गिरिको निधनबाट आफू मर्माहत भएको भन्दै उनीप्रति श्रद्धासुमन अर्पणसहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘चिन्तनशील राजनीतिककर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’, ओलीले ट्वीटरमा भनेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
गिरिको उपचारका क्रममा शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना