कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ०७ : ५५
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।

जल तथा मासम पूर्वनुमान महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यस्तै दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केहि स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया दिनुहोस