काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।
जल तथा मासम पूर्वनुमान महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
यस्तै दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केहि स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना