काठमाडौं । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि ताला लगाइएको थियो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालबालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याक, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठ कोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई आइसोलेशन वार्ड निर्माण गर्न लागिएको छ ।
पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला
बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको ताला
राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुलेन
अवैध टहरा हटाउन खोज्दा त्रिविमा लगाइएको ताला अझै खुलेन
काठमाडौँ महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला