ला-लिगा : रियल मड्रिडको सानदार जित

एजेन्सी

आइतबार, ०५ भदौ २०७९, ०७ : ४३
ला-लिगा : रियल मड्रिडको सानदार जित

एजेन्सी । लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ। उसले सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको हो।खेलको १४ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरी रियललाई सुरुवाती अग्रता दिलाएका थिए।

२३ औ‍ँ मिनेटमा लागो आसपासले पेनाल्टीमार्फत् गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए। यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले ४१ औँ मिनेटमा डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे।

यसपछि भिनिसिअस जुनिअरले ५६ औँ मिनेटमा तेस्रो र फेडेरिको भाल्भार्डेले ६६ औँ मिनेटमा चौथो गोल गरे। खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो। तर इडेन हजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके।

यस जितसँगै रियल २ खेलमा ६ अंक जोडी ला लिगाको शीर्ष स्थानमा छ‍ भने पराजित सेल्टा भिगो १४ ‍औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस