काठमाडाैँ । गणपति वनस्पति प्रालिले उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको रामदेव तेलले ‘चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार’ योजना सार्वजनिक गरको छ । जसअनुसार फेसबुकमार्फत हुने प्रतिष्पर्धामा जो–सुकैले पनि भाग लिन सक्नेछन् । सहभागीहरूमध्येबाट हरेक हप्ता २ जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
प्रत्येक बिहीवार विजेताको घोषण फेसबुकमार्फत नै हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत विजयीहरूलाई हरेक हप्ता आइरन र रामदेव सनफ्लावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ ।
‘तपाईंको हरेक चाडपर्वलाई उत्सवको रूपमा मनाउन हामी तपाईंलाई माया भर्छौँ’, भन्ने नारासहित कम्पनीले यो योजना शुरू गरेको जनाएको छ । यो योजना यस वर्षको छठ पर्वसम्म जारी रहने बताइएको छ । गणपति वनस्पति प्रालिद्वारा उत्पादित रामदेव तोरीको तेल, सूर्यमुखी तेल र भटमासको तेल काठमाडौं र पोखरामा विभिन्न मार्ट तथा पसलहरूबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, १२ : ४५
लेखकबाट थप