रुश्दीमाथिको आक्रमण भयानक र दुःखद : इमरान खान

एजेन्सी

शुक्रबार, ०३ भदौ २०७९, १९ : ५६
रुश्दीमाथिको आक्रमण भयानक र दुःखद : इमरान खान

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले लेखक सलमान रुश्दीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले रुश्दीमाथि भएको आक्रमणलाई भयानक र दुःखद रहेको बताएका छन् ।

इमरान खानले बेलायती पत्रिका ‘द गार्डियन’ मा दिएको अन्तर्वार्तामा रुश्दीको पुस्तक ‘द सटानिक भर्सेज’ लाई लिएर इस्लामिक विश्वको आक्रोश जानकारीमा रहेको तर आक्रमण सही नभएको बताए ।

रुश्दीमाथि अमेरिकाको न्युयोर्कमा चक्कुबाट आक्रमण भएको थियो। त्यसबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मलाई लाग्छ यो भयानक हो। रुश्दी एक मुसलमान परिवारबाट आएका हुन्। उनी हाम्रो मनमा बस्ने पैगम्बरका लागि प्रेम, सम्मान र आस्थाबारे जानकार छन्। यसकारण आक्रोशबारे थाहा पाउन सकिन्छ तर जे भयो त्यसलाई सही ठहर गर्न सकिँदैन।’

रुश्दीमाथि गएको अगस्ट १२ मा उनीमाथि आक्रमण भएको थियो।

 

प्रतिक्रिया दिनुहोस