आज, एकैदिन तिन फिल्म रिलिज,  कसले मार्ला बाजी ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १० : ४५
आज, एकैदिन तिन फिल्म रिलिज,  कसले मार्ला बाजी ?

काठमाडौं । शुक्रबारबाट हलमा एक साथ तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।

रञ्जित रौनियार निर्देशित फिल्म 'माइकल अधिकारी', परिच्छेद सेन निर्देशित फिल्म 'प्रेमगञ्ज' र रोहित कट्टेल निर्देशित फिल्म 'कृष्णलीला'ले आपसमा बक्स अफिसमा प्रतिस्पर्धा गर्नेछन् ।

फिल्म 'माइकल अधिकारी' मा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य अभिनय छ । त्यसैगरी आशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतका कलाकारको अभिनय फिल्ममा छ । 

'प्रेमगञ्जमा' मा तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको छ । फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले डेब्यु गरेका छन् ।  फिल्म 'कृष्णलीला'मा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ । फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, रविन्द्र झा, हिउँवाला गौतम लगायतको अभिनय छ ।