नारायणी तटबन्धनको कामलाई छिटो सम्पन्न गर्न चार वटा प्याकेजमा ठेक्का : मेयर रेनु दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ४३
नारायणी तटबन्धनको कामलाई छिटो सम्पन्न गर्न चार वटा प्याकेजमा ठेक्का : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी तटबन्धनको कामलाई छिटो सम्पन्न गर्न चार वटा प्याकेजमा ठेक्का दिएको बताएकी छिन् । 

गाँजीपुर टोल विकास संस्थाले आयोजना गरेको ट्रष्ट उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले अब छिट्टै चार ठाँउबाटै तटबन्धनको काम सुरु हुने बताईन् ।  ‘एउटै प्याकेजमा काम गर्दा काम ढिलो हुन सक्छ, उनले भनिन्,‘त्यही भएर ४ वटा प्याकेजमा ठेक्का दिएका हौँ । वर्षा रोकिन साथ काम सुरु हुन्छ ।’

नारायणी तटबन्धनको काम सम्पन्न भएसँगै तटिय क्षेत्रमा बासिन्दालाई सयौँ वर्षसम्म कुनै चिन्ता लिन नपर्ने मेयर दाहालको भनाइ छ । भरतपुरको विकास गर्ने हुटहुटीकै कारण दोस्रो कार्यकाल पनि मेयरमा निर्वाचित भएर आएको भन्दै दाहालले भरतपुरको समृद्धिका लागि कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिन् ।   

नारायणी तटबन्धन अन्तरर्गत गोलाघाटदेखि नारायणघाटसम्म करिब २१ किलोमिटर तटबन्धन गर्न लागिएको छ । नारायणी तटबन्धन अन्तरगत सिसै–भगडी–बलुवा, बलुवा–गोलाघाट, गाँजीपुरदेखि–हिरापुर र रामघाट–शिवघाट–काभ्रेघाटलाई चार वटा प्याकेजमा छुट्याइएको छ ।

यो तटबन्धन निर्माण सम्पन्न भए भरतपुर महानगरको तटिय क्षेत्रमा पर्ने वस्तीहरुमा कटानको समस्या हट्ने छ । वर्षातको समयमा नारायणी वस्तीभित्र पस्ने समस्या छ । यसको दीर्घकालिन समधानका लागि उर्जा मन्त्रालयबाट पौन ५ अर्ब बजेट विनियोजन भइ ठेक्का सम्झौता भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस